Developed By Kuldeep Sharma

April 28, 2022

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि परीक्षण उडान

बुटवल। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आज नेपाल एअरलाइन्सले परीक्षण उडान गर्दै छ । नेपाल एअरलाइन्सको एअरबस ए–३३० वाइडबडी जहाज आज दिउँसो ३ बजे काठमाडौंबाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका लागि उड्ने विमानस्थल कार्यालयले जनाएको छ ।

गौतमबुद्ध विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार जहाजमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले, सचिव, कर्मचारी, पत्रकारलगायत २६० जना यात्रु रहने छन् ।

जहाज भैरहवा पुगेको दुई घण्टापछि काठमाडौं फर्किनेछ । दुई घण्टाको बीचमा विमानस्थलको प्रस्थान हलमा औपचारिक कार्यक्रम हुने दाहालले जानकारी दिए ।

गौतमबुद्ध विमानस्थलमा वैशाख १ गते नै नेपाल एअरलाइन्सको जहाजले परीक्षण उडान गर्ने तालिका रहे पनि विविध कारणले ढिलाइ भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma