Developed By Kuldeep Sharma

August 2, 2022

म्याग्दीमा पहिरोले घर पुर्दा दाजुभाइको मृत्यु, तीन बेपत्ता

काठमाडौं। वर्षासँगै पहिरो खस्दा गएराति म्याग्दीको मालिका गाउँपालिका-२ रुम गाउँमा तीनवटा घर पुरिएको छ। उक्त घटनामा दुईजनाको मृत्यु भएको छ।

घरमाथिको पाखोबाट आएको पहिरोले स्थानीय घामबहादुर विकको घर पुरिँदा उनका छोराहरू १३ वर्षीय राजन विक र १५ वर्षीय नविन विकको मृत्यु भएको हो। पहिरोमा परी तीनजना अझै बेपत्ता छन्।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीका अनुसार पहिरोमा परेर घाम बहादुर विक, उनको श्रीमती र सात वर्षीया छोरी बेपत्ता छन्।

स्थानीयबासीले उनीहरूको खोजी गरिरहेका छन्। पुरिएको घरबाट दाजुभाइको शव निकालिएको र इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरीको टोली घटनास्थलतर्फ हिँडिसकेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma