Developed By Kuldeep Sharma

August 2, 2022

घरभेटीलाई वर्थ डे केकमा नशालु पदार्थ खुवाएर लुटपाट गर्ने २ भारतीय पक्राउ

महेन्द्रनगर। कञ्चनपुरको भीमदत्त नगरपालिका-३ सुभप्रभात टोलमा घरभेटीलाई ‘वर्थ डे केक’मा नशालु पदार्थ मिसाएर बेहोस बनाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

सन्तोष पाण्डेयको परिवारका पाँच जनालाई केकमा नशालु पदार्थ मिसाइ खुवाएको र बेहोस भएपछि लुटपाट गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन्।

२०७८ माघ २१ गते पाण्डेयको घरमा कोठा भाडामा लिएर बस्दै आएका दुवै जनाले आफ्नो ‘वर्थ डे’ भएको जनाउँदै पाण्डेय परिवारलाई केकमा नशालु पदार्थ मिसाइ खान दिएका थिए।

केक खाएपछि परिवारका सबै जना बेहोस भएपछि उनीहरूले गरगहना, मोबाइल सेट, ल्यापटपलगायतका सामग्री लुटेर फरार भएका थिए।

दुवै जना डाँका चोरी मुद्दामा कारागार कार्यालय धनगढी, कैलालीमा थुनामा रहेको जानकारी पाइएपछि जिल्ला अदालत कैलालीको आदेशले कञ्चनपुर ल्याएर उनीहरूमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma