Developed By Kuldeep Sharma

August 2, 2022

कार्यालयको सिसा होइन, ढुंगा फुटाउन बगरमा आउनु : साम्पाङ

काठमाडौं। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो कार्यालय तोडफोड गर्नेलाई बगरमा गएर ढुंगा फुटाउन आउन आग्रह गरेका छन्।

बराह सहकारी संस्थाका पीडितले आइतबार धरान उपमहानगरपालिकाको कार्यालय तोडफोड गरेका थिए। सहकारी संस्थाका संचालकको सम्पत्ति रोक्का गर्न माग गर्दै उपमहानगरको कार्यालयमा पुगेका पीडितहरूले मेयर साम्पाङले नराम्रो वचन प्रयोग गरेको भन्दै तोडफोडमा उत्रिएका थिए।

मेयर साम्पाङ भने आफू सदैव पीडितका पक्षमा रहेको बताउँदै आएका छन्। उनले यहि प्रसङ्गलाई लक्षित गर्दै विकास प्रेमी बन्न, विनाश प्रेमी नबन्न सुझाव दिएका छन्।

‘मेरो अफिसको सिसा होइन‚ ढुंगा फुटाउन आउनु है बगरमा!’ उनले फेसबुकमा लेखेका छन्‚ ‘विकास प्रेमी बनौँ, विनाश प्रेमी होइन।’ धरानका नागरिकलाई पानी खुवाउने प्रयासमा अहोरात्र खटिएका मेयर साम्पाङ आफैं लगातार श्रम गरिरहेका भेटिन्छन्।

उनको आग्रहमा धराने नागरिक दिनहुँ श्रमदान पनि गरिरहेका छन्। खानेपानीलाई मुल मुद्दा बनाएर नै साम्पाङले स्वतन्त्र चुनाव लडेर मेयर जितेका हुन्।

यो पनि पढ्नुहोस्

धरानका मेयर साम्पाङद्वारा सुरक्षा माग

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma