Developed By Kuldeep Sharma

August 4, 2022

चिनियाँ नागरिक अपहरण गरी एक करोड फिरौती माग

काठमाडौं। एक चिनियाँ नागरिकलाई अपहरण गरी फिरौती माग गरेको आरोपमा प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

बुधबार साँझ दरबारमार्ग क्षेत्रबाट लगेर नयाँ बसपार्कमा बन्धक बनाइ फिरौती माग गरेको अवस्थामा सकुशल अपहरण मुक्त गरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भरतबहादुर बोहोराले अपहृत चिनियाँ नागरिक र अपहरणमा संलग्न ६ जनालाई पक्राउ गरिएको जानकारी दिए।

बोहोराका अनुसार पक्राउ पर्ने सबै नेपाली हुन्। ‘अहिले म्याद थपको प्रक्रियामा छौं, अनुसन्धान पनि जारी छ, केही समयमा सार्वजनिक गर्छौं’, बोहोराले मुलुक प्रेससँग भने।

उनले फिरौती मागेको रकमबारे भने खुलिनसकेको बताए। स्रोतका अनुसार उनीहरूले एक करोड फिरौती मागेको बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma