काठमाडौं। गायक प्रमोद खरेल सजारी दुर्घटनामा परेका छन्। गयराती १ बजे दाङको तुल्सीपुरमा कार दुर्घटना हुँदा खरेल घाइते भएका हुन।
उनको अवस्था भने सामान्य रहेको छ। गायक खरेल हिजो साँझ तुल्सीपुरमा हुने कार्यक्रममा सहभागी हुन नेपालगञ्ज अवतरण गरेका थिए। राति १ बजे होटल पुग्न १० मिनेटअघि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा परेको खरेलले सामाजिक सञ्जालमा जानकारी दिएका छन्।
‘काठमाडौंमा रेकर्डिङ सकेर हिजो साँझ नेपालगञ्ज उडान लिएर दाङको तुलसीपुरमा हुने कार्यक्रमको लागि राती १ बजे होटल पुग्न १० मिनेट मात्र अघि आयोजकले चलाएको कार गम्भीर दुर्घटनामा पर्यो। कार रोडको पर्खालमा बज्रिए छ। अर्ध निन्द्रा मै मेरो होस त्यहि गुमेछ। दुर्घटना पश्चात कसैले आफ्नो गाडीमा नजिकको अस्पताल पुराएर बेडमा बसाउदा मात्र झण्डै ४५ मिनेट पछि मेरो होश आएछ। त्यसपछि पनि करिब ५–७ मिनेट कहाँबाट आए कहाँ छु, पत्तै पाइन।’ उनले फेशबुकमा लेखेका छन्।
गाडीको एयर ब्याग र सिट बेल्टले ज्यान जोगाएको खरेलले बताएका छन् । काठमाडौंको अस्पतालमा सबै चेक जाँच गर्दा बाहिरी चोटबाहेक भित्री रिपोर्ट नेगेटिभ आएको छ। अहिले आफू बेड रेस्टमा रहेको खरेलले जानकारी दिएका छन्। उनले केही दिनका लागि आफ्नो सबै कार्यक्रम स्थगित गरेका छन्।
प्रतिक्रिया