Developed By Kuldeep Sharma

August 5, 2022

अनशन बसेकी निहारिका राजपूत प्रहरी नियन्त्रणमा

काठमाडौं। ‘कुमारी आमा’ का रूपमा परिचित निहारिका राजपूतले दोस्रो पटक आमरण अनशन सुरु गरेकी छन्।

सरकारी निकायहरूले आफूसँग गरेका सम्झौता कार्यान्वयन नभएको भन्दै उनी फेरि अनशन बसेकी हुन्। निहारिका आज आफ्नो २ वर्षको बच्चासहित अनशन बस्न सिंहदरबारको दक्षिण गेट पुगेकी थिइन्। तर, अनशन बस्नासाथ प्रहरीले उनलाई त्यहाँबाट उठाएको छ। आफूलाई जता लगिए पनि आमरण अनशन जारी राख्ने निहारिकाले बताइन्।

एक पुरुषले आफूमाथि बलात्कार गरेको र बच्चा जन्मिएपछि छोडेको निहारिकाको आरोप छ। जिल्ला अदालतले आरोपीलाई सफाइ दिएपछि उनले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन्। तर, सो अदालतले पेसी नतोकेर मुद्दालाई अलपत्र बनाइरहेको गुनासो उनको छ।

गत १८ गते उनको मुद्दाको पेशी थियो। पेशीका लागि उनी बिरामी बच्चा बोकेर जनकपुर पुगेकी थिइन्। त्यहाँ गएपछि २५ गतेलाई पेशी सारिएको छ।

बच्चाको डीएनए टेस्ट गराउनुपर्ने तथा आरोपीलाई पक्राउ गर्नुपर्ने माग निहारिकाले राखेकी छन्। यसअघि पनि यिनै मागहरू अघि सारेर उनी गत जेठमा आमरण अनशन बसेकी थिइन्।

सरकारी निकायहरूसँग ५ बुँदे सहमतिपछि गृहमन्त्री बालकृष्ण खाँडले उनलाई जुस खुवाएर अनशन तोडाएका थिए। ती सहमतिका कुनै पनि बुँदाहरू सरकारले कार्यान्वयन नगरेको निहारिकाको गुनासो छ।

यो पनि पढ्नुहोस्

पाँच बुँदे सहमतिपछि निहारिकाले तोडिन अनसन, गृहमन्त्री खाणले पिलाए जुस

न्याय प्राप्तिको लागि कुमारी आमाको रोदन

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma