Developed By Kuldeep Sharma

August 7, 2022

नेपाल बैंक गुलरिया शाखाका म्यानेजर ५० लाख लिएर बेपत्ता

काठमाडौं। बर्दियाको गुलरिया स्थित नेपाल बैंक लिमिटेडका प्रबन्धक धबेन्द्र न्यौपानेले रकम हिनामिना गरी सम्पर्कविहीन भएका छन्।

बैंकको ५० लाख रकम लिएर न्यौपाने सम्पर्कविहीन भएपछि बैंकको केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरी छानबिन प्रक्रियालाई अगाडि बढाएको छ।

प्रारम्भिक आंकलनअनुसार बैंकमा खाता रहेका विभिन्न व्यक्तिको नामबाट रकम निकालेर श्रीमतीको नाममा बाहिर लगेको करिब ५० लाख रकमबारे सूचना बाहिर आएपछि न्यौपाने सम्पर्कविहीन भएका हुन्।

विभिन्न ग्राहकले जम्मा गरेको ५० लाख रुपैयाँ कनेक्ट आइपीएसबाट अपचलन गरेको र यही विषयलाई आधार मानेर केन्द्रीय कार्यालयले उनलाई निलम्बन गरेको हो। न्यौपानेले प्रयोग गर्दे आएको मोबाइल स्विच अफ छ।

कालिकोट तिलगुफा नगरपालिका-५ का ३२ वर्षीय न्यौपाने हाल बाँके जानकी गाउँपालिका-३, कोरिएनपुर बस्दै आएका छन्। उनले गरेका अपचलन केन्द्रीय कार्यालयले सूचना पाएपछि काठमाडौंबाट छानबिन गर्न अनुसन्धान टोली जानुअघि उनी सम्पर्कविहीन भएका हुन्।

नेपाल बैंकका प्रवक्ता प्रकाशकुमार अधिकारीले गत बुधबारदेखि न्यौपाने सम्पर्कविहीन भएको बताए। यसअघि नेपाल बैंकको सुर्खेतस्थित वीरेन्द्रनगरको शाखामा कार्यरत न्यौपानेलाई गत चैत २४ गते गुलेरिया शाखाको म्यानेजरको बनेर आएका थिए।

नेपाल बैंकमा सहायक शाखा प्रबन्धकबाट नाम निकालेका उनले सुर्खेतबाटै सेवा सुरु गरेका थिए। विरेन्द्रनगरकै शाखामा पनि उनले रकम हिनामिना गरेको सूचना आएको बैकका कर्मचारीले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma