Developed By Kuldeep Sharma

April 28, 2022

साउथ अभिनेता विजय बाबुविरुद्ध महिलामाथि यौन शोषणको मुद्दा

काठमाडौं। मलयालम अभिनेता तथा निर्माता विजय बाबुमाथि एक महिलालाई यौन शोषण गरेको आरोप लागेको छ। केरला प्रहरीमा उनीविरुद्ध जाहेरी परेको छ।

एक महिलाले एर्नकुलम दक्षिण प्रहरीमा विजय बाबुविरुद्ध उजुरी दर्ता गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। विजयले ती महिलामाथि पटकपटक यौन शोषण गरेको आरोप छ।

प्रहरीका अनुसार महिलाले विजयले कोच्ची जाने क्रममा विमानमा समेत यौन दुर्व्यवहार गरेको जाहेरीमा उल्लेख गरेकी छन्। अप्रिल २२ मा दर्ता भएको मुद्दाबारे अनुसन्धान प्रक्रिया भने खासै अगाडि नबढेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma