Developed By Kuldeep Sharma

April 28, 2022

कांग्रेस महामन्त्री शर्मा भन्छन्–‘रुख हेरेर मात्रै भोट हालौँ’

कठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी स्थानीय तहको निर्वाचनमा रुखलाई हेरेर मतदान गर्न आग्रह गरेका छन्।

महामन्त्री शर्माले निर्वाचनमा कांग्रेसका उम्मेदवारको मुख नहेरी रुखमा हेरेर मतदान गर्न कार्यकर्तालाइ आग्रह गरेका हुन्। काठमाडौंमा आज भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले व्यक्ति जो भएको भएपनि रुख चिह्न लिएर उठेको कांग्रेसको उम्मेदवार भएको भन्दै पार्टीलाई मत दिनुपर्ने बताए। श्र्माले व्यक्तिमा असन्तुष्टि भएपनि कांग्रेसलाई मत दिन आग्रह गरे।

मतदान गरेर मात्रै कांग्रेसले नजित्ने भन्दै उनले सही रुपमा मतदान गर्न मतदातलाई सिकाउन र मतदान भइसकेपछि मत गणनामा चनाखो भएर बस्न पनि आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma