Developed By Kuldeep Sharma

August 11, 2022

कोरोना सङ्क्रमणबाट २४ घण्टामा ५ जनाको मृत्यु

काठमाडौं। कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। कोरोनाको पछिल्लो लहरमा एकै दिन यति धेरै सङ्क्रमितको मृत्यु भएको यो पहिलो पटक हो।

नेपालमा हालसम्म महामारीबाट ११ हजार ९८२ जनाको मृत्यु भइसकेको छ। पछिल्लो २४ घण्टामा थप ८१५ जना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।

४ हजार ५३४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ४६५ जना तथा एन्टिजेन विधिबाट ३५० जनामा सङ्क्रमण पुष्टि भएको हो। यही अवधिमा थप ४७६ जना सङ्क्रमणमुक्त भएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma