Developed By Kuldeep Sharma

August 12, 2022

नाइजेरिया सैनिक कारबाहीमा २९ जना मारिए

काठमाडौं। नाइजेरियाली सेनाले देशको उत्तरी क्षेत्रमा आतङ्ककारी विरुद्ध गरेको कारबाहीमा कम्तीमा पनि २९ जनाको मारिएका छन् भने ५५ जनालाई नियन्त्रणमा लिइएको छ।

अतिवादीहरूको बाहुल्य रहेको उक्त क्षेत्रमा राष्ट्रिय सेनाले केही दिनदेखि सुरक्षा कारबाही जारी राखेको छ । कारबाहीका क्रममा ५५ जनालाई हतियारसहित पक्राउ गरिएको सैनिक प्रवक्ता बर्नार्ड ओनिएकुले यहाँ आयोजित पत्रकार सम्मेलनमा बताए।

आतङ्ककारीको अपहरणमा परेका ५२ जनालाई अपहरणमुक्त गरिएको जानकारी दिँदै उनले अतिवादी समूह बोको हरामका सशस्त्र सदस्यले उनीहरूलाई बन्दी बनाएका बताए।

आज मारिएका र पक्राउ परेका सबै उक्त समूहका लडाका हुन्। देशका विभिन्न भागमा हिंसात्मक गतिविधि गर्दै आएको बोको हराम समूहविरुद्ध सेनाले सशक्त अभियान सञ्चालन गर्दै आएको छ।

सैनिक कारबाहीका बीच उक्त समूहका केही सदस्यले सुरक्षाकर्मी समक्ष आत्मसमर्पण गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma