पोखरा । सत्तारुढ पाँच दलीय गठबन्धनले पोखरा महानगरपालिकामा एक वर्षसम्म गर्ने कामको योजनासहित चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ।
‘समुन्नत पोखराको आधार : सवल अर्थतन्त्र र पूर्वाधार’ नारासहित गठबन्धनले घोषणा पत्र सार्वजनिक गरेको हो। पोखरालाई समन्नुत बनाउन सात वटा प्रस्थान विन्दु तय गरेको गठबन्धनले त्यसको कार्यान्वयनको आधार पनि घोषणा पत्रमा समेटेको छ।
पोखरा महानगरमा पाँच दलीय गठबन्धन सरकारः विकास हामी सवैको अधिकार नारा दिएर गठबन्धनले नगरका बासिन्दाले विकासका क्रियाकलापको अपनत्व लिने किसिमले काम गर्ने प्रतिवद्धा जनाएको छ।
सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले मेयर पाएको पोखरा महानगरपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताको असन्तुष्टि कायमै रहँदा घोषणापत्र सार्वजनिक कार्यक्रममा समेत अवरोध भएको छ। बिहीबार दिउँसो घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम स्थलबाहिर कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरे।
मेयर नेकपा समाजवादीलाई दिएकोमा रुष्ट रहेका कार्यकर्ताले वडा तहमा पनि कांग्रेसले जित्ने ठाउँ बाँडफाँट गर्न लागेको भन्दै विरोध गरेका छन्। उनीहरुले वडामा गठबन्धन नगर्न दबाब दिएका छन्।
‘गठबन्धन चाहिँदैन, रुख बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै कार्यकर्ताले घोषणापत्र सार्वजनिक गर्ने स्थलमा नाराबाजी गरे। यसअघि जिल्ला नेताहरुलाई थुनेर कार्यकर्ताले वडामा एक्ला एक्लै लड्ने घोषणा जिल्ला सभापति किशोरदत्त बरालबाट गराएका थिए।
यस्तो छ घोषणा पत्र
प्रतिक्रिया