Developed By Kuldeep Sharma

August 13, 2022

बालेनले निहारिकालाई भेटेपछि भने

डीएनए परीक्षणका लागि एउटी आमा जल्न तयार हुनुपर्ने हो?

काठमाडौं। न्याय माग्दै आमरण अनशनमा रहेकी निहारिका राजपूतलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले भेटेका छन्। साहले आज टिचिङ अस्पताल पुगेर निहारिकालाई भेटेका हुन्।

निहारिसँग गरेको भेटको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै बालेनले बच्चाको डीएनए टेस्ट गर्ने सामान्य माग पूरा नभएकोमा रोष प्रकट गरेका छन्।

उनले लेखेका छन्, आफ्नो बच्चाको डिएनए टेस्ट गरिदे मात्रै त भनेको रै’छ। यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने? यो अति हो। यो अत्याचार हो। कानूनी राज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन।’

बालेनले निहारिकासँग करिब १० मिनेट कुराकानी गरेका थिए। निहारिकाको संघर्षमा आफ्नो सहयोग र सद्भाव रहने प्रतिवद्धता उनले जनाए। मुद्दाको अवस्थाबारे जिज्ञासा राख्दै कानूनी सहायता गर्ने आश्वासन पनि बालेनले दिए।

निहारिकाले बालेनसँग आफुलाई न्याय मात्रै चाहिएको भन्दै यसमा सहयोग गरिदिन आग्रह गरिन्। डीएनए परीक्षणको माग गर्दै साउन २० गतेदेखि काठमाडौंमा अनसनरत निहारिकाले हिजो राष्ट्रपति भवन शीतल निवास अगाडि शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन्।

निहारिकालाई टिचिङ हस्पिटलको मानसिक वार्डमा राखियो

राष्ट्रपति भवन अगाडि निहारिकाद्वारा आत्मदाहको प्रयास

अनशन बसेकी निहारिका राजपूत प्रहरी नियन्त्रणमा

पाँच बुँदे सहमतिपछि निहारिकाले तोडिन अनसन, गृहमन्त्री खाणले पिलाए जुस

न्याय प्राप्तिको लागि कुमारी आमाको रोदन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma