Developed By Kuldeep Sharma

August 14, 2022

बार्सिलोना पहिलो खेलमै रोकियो

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको पहिलो खेलमा शनिबार राति महारथी क्लब बार्सिलोना रायो भालेकानोसँग रोकिएको छ । घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा सिमित बार्सिलोनाले खेलमा पकड बनाएपनि अग्रपंक्तिमा भने चुस्त देखिएन । भ्रमणकारी टोली रायो भालेकानोको पोस्टमा दुई दर्जन भन्दा बढी प्रहार गरेपनि गोल भने हुन सकेन ।

बार्सिलोनाका रोबर्ट लेवान्डोस्की, राहिन्हा, आन्द्रेअस क्रिष्टिसन र फ्रान्क केसिइले ला लिगामा डेब्यू गरे । यद्यपि, गोलविहीन रहे । खेलको इजुरी समयमा कप्तान सर्जियो  दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma