Developed By Kuldeep Sharma

August 14, 2022

वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनः एकीकरण निर्देशिका कार्यान्वयनमा

काठमाडौं। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको पुनः एकीकरण (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका-२०७९ कार्यान्वयनमा आएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उक्त निर्देशिका कार्यान्वयनमा ल्याएको हो।

वैदेशिक रोजगारीबाट फर्केका नेपाली नागरिकको सीप, पूँजी र प्रविधिलाई राष्ट्र हितको लागि उपयोग गर्न तथा त्यस्ता नागरिकको पुनः एकीकरण गर्नका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत सामाजिकीकरण कार्यक्रम, रोजगारीमा आबद्धता हुने कार्यक्रम र उद्यमशीलता प्रबद्र्धन कार्यक्रम सञ्चालन गरिनेछ।

त्यस्तै विदेशबाट फर्किएकाहरूलाई समाजमा अन्तरघुलन गराउनका लागि त्यस्ता नागरिक तथा निजको परिवारका सदस्यको समेत सहभागितामा पारिवारिक तथा सामाजिक मेलमिलाप, मनोसामाजिक परामर्श, नेतृत्व विकास, सामाजिक सञ्जाल निर्माण तथा स्वयंसेवक परिचालन जस्ता कार्यक्रम सञ्चालन गरिनेछ।

उनीहरूको पूँजी, ज्ञान, सीप, प्रविधि र अनुभवको सदुपयोग गर्दै त्यस्ता व्यक्तिको वित्तीय साक्षरता र पहुँचमा अभिवृद्धि गर्न प्राविधिक र व्यवस्थापकीय रूपमा सहयोग गरी एकल वा समूहमा आधारित स्वउद्यम मूलक कार्यक्रम सञ्चालन गरिने निर्देशिकामा उल्लेख छ।

निर्देशिकाले यो कार्यक्रम सञ्चालनका लागि सरकारी तथा गैरसरकारी निकायलाई एकीकृत रूपमा सहयोग गर्ने बाटो पनि खोलेको छ।

श्रममन्त्री शेरबहादुर कुँवरको सक्रियतामा कार्यान्वयनमा आएको निर्देशिकाले वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई स्वदेशमै रोजगारीका अवसर दिने र त्यसका लागि वातावरण बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए।

यो काम राज्य एक्लैले गर्न नसक्ने भन्दै त्यसका लागि सरकारी तथा गैरसरकारी संघ संस्थासँग सहकार्य गरेर अघि बढिने उनको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma