Developed By Kuldeep Sharma

August 15, 2022

एसईईमा उत्तिर्ण विद्यार्थीलाई सम्मान

काठमाडौं। श्री साङ्ला बालकुमारी माध्यमिक विद्यालयले एसईई परीक्षा २०७८ मा सहभागी विद्यार्थीलाई सम्मान गरेको छ।

तारकेश्वर नगरपालिका उप प्रमुख सृजना बुर्लाकोटीको प्रमुख आतिथ्यतामा एक कार्यक्रमका बीच २४ जना विद्यार्थीलाई सम्मान गरेको हो। कार्यक्रम समारोहमा उप प्रमुख बुर्लाएकोटीले विद्यार्थीहको आगामी शैक्षिक यात्रामा सफलताको कामना गरेकी थिइन्।

कार्यक्रममा बुर्लाकोटीसहित तारकेश्वर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष बिदुर सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सानुकाजी थापा, राजनीतिक दलका प्रतितिधिहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू, विद्यालयका पुर्व व्यवस्थापन समिति अध्यक्ष, अविभावक लगायतको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma