Developed By Kuldeep Sharma

April 28, 2022

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वाइडबडीको सफल अवतरण (फोटोफिचर)

काठमाडौं। नेपाल एयरलाइन्सको ए–३३० वाइडबडीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको छ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाज संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले, सचिव, कर्मचारी तथा पत्रकारलगायत पूरा क्षमतामा यात्रु बोकेर बेलुका ५ बजे भैरहवा उडेको थियो।

जहाज ५५ मिनेटमा भैरहवा पुगेको थियो। जहाजले ‘अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट’ परीक्षण उडान गरेको हो। जहाज ल्याण्ड गरेको हेर्न बालबालिका समेत उत्सुकतापूर्वक पर्खिएर बसेका छन्।

यद्यपि जहाज रनवेबाट फर्किन सकेको छैन। जहाजमा खरावी आएपछि फर्किन नसकेको बिमानस्थल स्रोतले जनाएको छ।

  

तस्वीर : द्वारीका भट्टराई।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma