Developed By Kuldeep Sharma

April 29, 2022

म्यादी प्रहरी आफ्नै कोठामा मृत फेला

हुम्ला। हुम्लाको सर्केगाडमा एक जना म्यादी प्रहरी आफ्नै कोठामा मृत फेला परेका छन्।
सर्केगाड गाउँपालिका-६ घर भई सिमकोटमा बस्दै आएका ४४ वर्षीय जसबहादुर रोकायाको शव आफ्नै कोठामा फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाका अनुसार रोकाया बुधबार मतदान केन्द्रमा खटिएका थिए। ड्युटी सकेर उनी कोठामा सुत्न गएका थिए।

‘ढोका बन्द गरेर सुतेका रहेछन्। ढोका नखुलेपछि घरबेटीले हामीलाई खबर गरे’, उनले भने,‘रोकायाको शव भुइँमा मृतक अवस्थामा भेटिएको हो।’ रोकायाको मृत्युको कारण खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma