Developed By Kuldeep Sharma

August 19, 2022

व्यापारी र नगर प्रहरीबीच झडप, ९ जना प्रहरीको नियन्त्रणमा

जनकपुरधाम। जनकपुरधामको जानकी चोकमा ठेला हटाउने विषयमा व्यापारी र नगर प्रहरीबीच झडप भएको छ।

श्रीकृष्ण जन्माष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीहरुले ठेला लगाएका थिए। उक्त ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको थियो।

जसको विरुद्ध उत्रिएका व्यापारी र प्रहरीबीच झडप भएको हो। नगर प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेपछि ६ वर्षीय बालकसहित केही व्यापारी घाइते भएका छन्।

झडपका क्रममा नेपाल प्रहरीले ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको छ। जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथ खाली गराएको छ । तर, साना व्यापारीहरुले आफूहरुको व्यवस्थापन नगरेको भन्दै पटक-पटक प्रदर्शन गर्दै आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma