काठमाडौं। गायक थानेश्ववर गौतमको गजल गीत ‘बेचेर सपना’ युट्युबको नेपाल ट्रेन्डिङ नम्बर ४ मा परेको छ। यो गीत टिकटकमा समेत भाइरल बनेको छ।
गीतको ‘बेचेर सपना मैले रात किनेको छु’ टुक्कामा थुप्रै टिकटक प्रयोगडकर्ताले भिडियो बनाएका छन्। गीत दर्शक, स्रोताको मनमा बसेको छ। आम मानिसको जिन्दगीको वास्तविक्तासंग मेल खाने शब्द रहेको गीतको भिडियो पनि उस्तै तवरले निर्माण गरिएको छ। र त दर्शकले गीतलाई मन पराएका छन्।
श्रीभक्त पौडेल (आफन्त) को शब्द रहेको गीतमा थानेश्वर गौतमको संगीत र विनोद बाजुरालीको संगीत संयोजन छ। भिडियोमा पुष्प खड्का, सुशीला थापा, स्मारिका ढकाल, कृष्णप्रसाद रेग्मी लगायतको अभिनय छ। भिडियो रामजी लामिछानेले निर्देशन गरेका छन्। गीत जननि नेपाल युट्युब च्यानलमा अप्लोड गरिएको हो।
मानकृष्ण महर्जनको छायाङ्कन रहेको भिडियोमा बान्डे प्रसादको सम्पादन छ। यसअघि थानेश्वरका ‘छुट्नलाई पो रैछ’, ‘तिम्रा यादहरु’, ‘गाजल लगाइन छौ’ लगाएतका थुप्रै गजल गीतहरु हिट छन्।
प्रतिक्रिया