Developed By Kuldeep Sharma

April 29, 2022

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी, बागी उम्मेदवारीबारे निर्णय लिने

काठमाडौं। गठबन्धनका साझा उम्मेदवारविरुद्ध परेका बागी र स्वतन्त्र उम्मेदवारीबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक अहिले बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटरमा जारी बैठकमा गठबन्धनले दिएका उम्मेदावरीविरुद्ध परेका बागी उम्मेदवारीबारे छलफल भइरहेको छ।

गठबन्धनका उम्मेदवारविरुद्ध बिभिन्न स्थानीय तहमा बागी उम्मेदवारी परेका छन्। उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन भएकाले बागी उम्मेदवारका बिषयमा गठबन्धनमा छलफल हुन लागेको हो। यसअघि आजै नेपाली कांग्रेसले बागी उम्मेदवारी दिएकाहरुलाई फिर्ता लिन निर्देशन दिँदै फिर्ता नलिए उम्मेदवार, उम्मेदवारको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी दिइसकेको छ ।

त्यस्तै गठबन्धनको १४ बैशाखमा बसेको बैठकले बागी उम्मेदवारी फिर्ता लिन र गठबन्धन भित्रका दलले एमालेसँग गरेको तालमेल खारेज हुने चेतावनी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma