Developed By Kuldeep Sharma

April 29, 2022

भारतका यी क्षेत्रमा आगामी ४ दिन तातो लहर चल्ने चेतावनी

काठमाडौं। भारतमा आगामी ४ दिन तातो लहर चल्ने चेतावनी दिइएको छ। भारतको मौसम विभागले शुक्रबार उत्तरपश्चिम र मध्य भारतमा अर्को चारसम्म तातो लहरको चेतावनी जारी गरेको हो।

आगामी दुई दिनमा भारतको उत्तरपश्चिमका अधिकांश भागहरुमा दिनमा २ डिग्री सेल्सियससम्म तापक्रम बढ्ने उच्च सम्भवाना रहेको विभागले जनाएको छ। विभागले पश्चिम राजस्थान, मध्य प्रदेश, (पूर्व र पश्चिम) र विदर्भ सहरहरुमा ‘सुन्तला’ अलर्ट र बाँकी उत्तरपश्चिम भारत र मध्य भारतका केही भागहरुलाई ‘पहेंलो’ चेतावनीमा राखेको छ।

‘सुन्तला’ अलर्ट भन्नाले प्रभावित क्षेत्रका बासिन्दा हरुले अनुमानित परिस्थितिहरुको लागि उपर्युक्त तरिकामा आफूलाई तयार पार्नुपर्ने र ‘पहेंलो’ अलर्टको मतलब मौसमले केही प्रभाव पार्ने र सतर्कता अपनाउनुपर्ने जनाउँछ। २०१० देखि भारतमा गर्मीको लहरले ६, हजार ५ सय भन्दा बढी मानिसको ज्यान लिइसकेको छ।

वैज्ञानिकहरुले जलवायु परिवर्तनले उनीहरुलाई यस क्षेत्रमा गम्भीर असर गर्ने भारतीय सञ्चार माध्यामले जनाएका छन्। भारतको तापक्रम हाल उच्च देखिएको छ। अप्रिल सबैभन्दा तातो महिनामा मानिन्छ। गर्मीका कारण दशौँ लाख मानिसको जीवन र जीविकोपार्जन कठिन बनाइदिएको छ।

उष्णलहरमा तत्काल कम हुने सम्भावना पनि देखिएको छैन। ‘देशमा निरन्तर र सामान्य अवस्थाभन्दा छिटो तापक्रम बढिरहेको छ’ प्रधानमन्त्री नरेन्द्र मोदीले राज्यका मुख्यमन्त्रीहरूसँग भने। यो वर्षको मार्चमा विगत १२२ वर्षयताकै सबैभन्दा गर्मी मापन भएको थियो। भारतमा मार्च महिनाबाटै यो वर्ष उष्णलहर सुरु भइसकेको थियो।

 

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma