Developed By Kuldeep Sharma

भदौ ७, २०७९

बिमा रकमका लागि मालिककै सल्लाहमा चालकले गरे टिप्परमा आगजनी

काठमाडौं। बिमा रकमको लोभमा परी दाङमा टिप्परमा आगो लगाउनेलाई प्रहरीले पक्राउ गरेको छ।

घोराहीमा चार दलद्वारा आह्वान गरिएको बन्दको मौका छोपी चालक र सहचालकले आफैंले चलाउँदै आएको टिप्परमा आगजनी गरेको खुलेको हो।

चालक आफैंले आगजनी गरेको पुष्टि भएपछि प्रहरीले चालक र सहचालकलाई नियन्त्रणमा लिएको छ। घोराही-लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको प्रहरीले जनाएको छ।

बन्दको मौका पारी बिहान गाडीमा आगजनी भएको देखेपछि चालक अरुण चौधरी र सहचालक आकाश चौधरीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले बताए।

उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा गाडी मालिकको सहमतिमा बिग्रेको गाडीमा आगजानी गरेको पुष्टि भएको उनले बताए। गाडी मालिकको पनि खोजी भइरहेको काफ्लेले जानकारी दिए।

यस्तै प्रहरीले दाङमा बन्द गर्दै हिँडेका ८ जनालाई पक्राउ गरेको छ। प्रहरीले तुलसीपुर र घोराहीबाट आठ जना बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तुलसीपुरबाट संजय, सुर्दशन, हेमन्त र दिपेन्द्रलाई प्रहरीले नियन्त्रणमा लिइएको इलाका प्रंहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

गाडी सवारी संचालनमा अवरोध गर्ने, चाँवी खोस्ने, धम्काउने जस्ता कार्य गरेको हुँदा उनीहरुलाई नियन्त्रणमा लिनु परेको मल्लले बताए। त्यस्तै घोराहीमा थप चार जना पक्राउ परेका छन्।

हिमाल केसी, टार्जन वली, खुमन पौडेल र प्रकाश बुढा मगरलाई सवारी साधनमा अवरोध ताथ सडक खण्डमा अवरोध राखेर अवरोध गरेको पाइएको हूँदा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma