काठमाडौं। निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन को लागी नै डर, धाक, धम्की, धरपकड र प्रलोभन नदेखाउन राजनितिक दलहरुलाइ आग्रह गरेको छ।
आयोगले आज एक विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लीन डर, धाक, धम्की र प्रलोभन देखाएको भन्ने सुचना तथा जानकारी प्राप्त गरेको भन्दै त्यसो नगर्न आग्रह गरेको हो।
कानुन बमोजिम योग्यता पुगेका कुनै पनी नेपाली नागरीकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकिए प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक संवैधानिक एवम् कानुनी अधिकार कुण्ठित हुन जाने भएकोले निर्वाचनलाई प्रभाव पार्न खोज्नु भनेको लोकतन्त्रमाथिकै आघात हो आयोगले भनेको छ।
उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने आयोगले बताएको छ। निर्वाचन स्वच्छ,स्वतन्त्र, मर्यादित पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गर्न आयोग कटिवद्ध भएर खटिराखेको जनाइएको छ।
प्रतिक्रिया