Developed By Kuldeep Sharma

August 23, 2022

कोरोना संक्रमित १ जनाको मृत्यु, ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं। पछिल्लो २४ घण्टामा कोभिड-१९ को सङ्क्रमणबाट थप १ जना सङ्क्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म कोभिड-१९ बाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ९९४ पुगेको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर थप ६ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको छ। ४ हजार ९४९ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट ३४३ तथा एन्टीजेन विधिबाट २९१ जनामा सङ्क्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा ४१७ जना सङ्क्रमणमुक्त पनि भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma