Developed By Kuldeep Sharma

August 24, 2022

निहारिकाको बच्चा र आरोपि शिवराजको डीएनए टेस्ट गर्न अदालतको आदेश

काठमाडौं। उच्च अदालत जनकपुरले निहारिका राजपूतको बच्चा र आरोपि शिवराज श्रेष्ठको डीएनए टेस्ट गर्न आदेश दिएको छ। सरकारी वकिलको माग बमोजिम आज अदालतले सो आदेश दिएको छ।

आज न्यायधीसद्वय रेखा थापा पाण्डे र भोजराज अधिकारीको दुई सदस्यीय इजलासल आदेश दिएपछि सरकारलाई निहारिकाको माग पूरा गर्न बाटो खुलेको छ।

निहारिका शिवराज श्रेष्ठबाट बलात्कार भएर आफ्नो बच्चा जन्मिएको दावी गर्दै डीएनए टेस्ट गर्न मागसहित काठमाडौंमा आमरण अनशन बसिरहेकी छिन्।

आफ्नो बच्चा र आरोपीको डीएनए म्याच गराउनुपर्ने उनको मुख्य माग थियो। सरकारका तर्फबाट कानूनमन्त्री गोबिन्द बन्दीले उनको माग पूरा गराउने आश्वासन दिएका थिए।

कानूनमन्त्रीले निहारिकासँग गरेको प्रतिवद्धता उच्च अदालतले पुरा गरिदिएको हो। उच्च सरकारी वकिलको कार्यालय जनकपुरमार्फत निहारिकाको छोरा र आरोपी श्रेष्ठलाई विधिविज्ञान प्रयोगशाला जनकपुर पठाएर निहारिकाकै रोहबरमा डीएनए नमूना लिन अदालतले आदेश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma