काठमाडौैं — स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी देशमा कोरोना संक्रमण बढिरहेकोले नेपालमा उच्च जोखिम रहेको बताएको छ ।
मन्त्रालयका सह प्रवक्ता डा.समीर अधिकारीले छिमेकी देशहरूमा बढिरहेको कोरोना संक्रमणदर नेपालमा घटे पनि जोखिम भने उच्च रहेको बताए । उनले जोखिम उच्च रहेकोले आवश्यक सावधानी अपनाउनुपर्ने बताए ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मानिसको ओहोर दोहोर तथा भिडभाड बढ्ने भएकाले सङ्क्रमणप्रति नागरिकहरू आफै सचेत हुनुपर्ने सह प्रवक्ता डा. अधिकारीले बताए ।
मन्त्रालयले कोरोना विरुद्धको पूर्ण मात्रा तथा बुस्टर खोप लगाउन सबैमा आग्रह गरेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।
प्रतिक्रिया