Developed By Kuldeep Sharma

August 26, 2022

चोलेन्द्रविरुद्धका प्रमाण भए उपलब्ध गराउन अनुरोध

काठमाडौं। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिले सार्वजनिक सूृचना जारी गरेको छ।

समितिले आज सूचना जारी गर्दै महाभियोगसँग सम्बन्धित बिषयमा कुनै प्रमाणहरु भए तीनदिन भित्र समितिमा उपलब्ध गराइदिन अनुरोध गरेको हो।


बुधबार बसेको समितिको बैठकले जवरालाई भदौ १५ गते  बयानका लागि बोलाउने निर्णय गरेको थियो। सोही बैठकले महाभियोगसँग सम्बन्धित कुनै प्रमाण भए माग गर्ने पनि निर्णय गरेको थियो।

समितिले भदौ २९ भित्र जबराविरुद्धको महाअभियोगबारे अध्ययन टुंग्याउने तयारी गरेको छ।

समितिले भदौ १८ वा १९ गते प्रतिनिधिसभामा महाभियोग समितिको प्रतिवेदन पेस गर्ने गरी कार्यतालिका बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma