Developed By Kuldeep Sharma

भदौ १२, २०७९

चोलेन्द्रविरुद्धको महाअभियोग पुष्टि गर्ने यी हुन् बारका ३४ बुँदे प्रमाण

काठमाडौं। नेपाल बार एसोसियसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध लगाइएको महाअभियोग पुष्टि गर्ने प्रमाण संसदीय समितिलाई पठाएको छ।

बारले जबराविरुद्धको महाअभियोग पुष्टि गर्ने ३४ बुँदे प्रमाण संसदले गठन गरेको महाअभियोग सिफारिस समितिमा आइतबार पठाएको हो। बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अज्जिता खनालले पठाएको पत्रमा चोलेन्द्रको बहिर्गमन किन भन्ने ५ पेज लामो सामग्री छ।

सहकारी ठगीका अभियुक्त इच्छाराज तामाङको मुद्दामा अधिवक्ता रुद्र पोखरेलले घुस बार्गेनिङ गरेको अडिओ पनि उपलब्ध गराइएको छ। उक्त अडिओमा इच्छाराजलाई धरौटीमा छाड्ने र त्यसका लागि प्रधानन्यायाधीश राणालाई पनि मिलाउने र राणाले नै आदेश दिने भनिएको थियो।

सर्वोच्च अदालतको भवन निर्माणमा आर्थिक अनियमितताको विषयमा पनि चोलेन्द्रको संलग्नता बारे छानबिन गर्न पनि भनेको छ। भवन निर्माणका लागि गठन भएको समिति गठनबाट न्यायाधीश हरिकृष्ण कार्की र सपना प्रधान मल्ललाई हटाएर आफैंले ठेक्का दिने निर्णय गरेको बारले जनाएको छ।

यस्तै पत्नीहत्या गरेका पूर्व डीआईजी रन्जन कोइरालालाई कैद छुट दिने फैसलाको प्रतिलिपि पनि बारले बुझाएको छ। चोलेन्द्रले कैद छुट दिएपछि छुटेका फैसला पुर्नरावलोकन भएर पुनः कैद भुक्तानका लागि कारागार चलान भइसकेका छन्।

भदौ ९ गते महाअभियोग सिफारिस समितिले जबरामाथिको अभियोग पुष्टि गर्ने प्रमाण माग गर्दै बारलाई पत्र पठाएको थियो। समितिले महाभियोगसँग सम्बन्धित कुनै प्रमाण भए उपलब्ध गराउन सर्वसाधारणसँग पनि अनुरोध गरेको छ।

चोलेन्द्रविरुद्धका प्रमाण भए उपलब्ध गराउन अनुरोध

चोलेन्द्रलाई बयानका लागि बोलाउने निर्णय

यस्तो छ बारको पत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma