Developed By Kuldeep Sharma

भदौ १४, २०७९

चट्याङ लागेर एकै गाउँका ३ महिलाको मृत्यु

काठमाडौं। रौतहमा चट्याङ लागेर एकै गाउँका तीन महिलाको मृत्यु भएको छ। गरुडा नगरपालिका-३ मलाहिटोल गाउँ छेउमा खेतमा काम गर्ने क्रममा बिहान ८ बजे चट्याङ लागेर उनीहरूको मृत्यु भएको हो।

मृत्यु हुनेहरूमा मलाही गाउँकै ३९ वर्षीया सुदनिया देवी, ७० वर्षीया जगिया कुमारी र १८ वर्षीया मनिषा कुमारी रहेको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रुपेशकुमार सिंहले जानकारी दिए।

मृतकमध्ये सुदनिया र जगिया एउटै परिवारको रहेको उनले जानकारी दिए। सँगै रहेकी ४० वर्षीया सैलिदेवी सामान्य घाइते तथा थुप्रै महिला चट्याङबाट प्रभावित भएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma