केशव स्थापितले महिला हिंसा गरेको भन्दै ४५ संघसंस्था उत्रिए विरोधमा, कारबाही माग
April 30, 2022
32 Shares
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) पदमा नेकपा एमालेबाट उम्मेदवार केशव स्थापितले सार्वजनिक कार्यक्रममा महिलालाई होच्याउने र चरित्र हत्या गर्ने अभिव्यक्ति दिएको भन्दै महिला पुनर्स्थापना केन्द्र (ओरेक), महिला मानव अधिकार रक्षकहरूको राष्ट्रिय सञ्जालसहित ४५ संघसंस्थाले उनलाई कारबाही गर्न माग गरेका छन्।
‘युर आर नाइस लेडी तर तपाईंको थुतुनो ठीक छैन’, ‘यो बहिनीले पनि वेश्यावृत्ति गर्छ भनेर म पनि छपाऊँ’ भन्नु’ आफैंमा लैंगिक हिंसा भएको उल्लेख गर्दै उनीहरूले स्थापितलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेका छन्।
साथै उनी उम्मेदवार हुन लायकको व्यक्ति नभएको भन्दै एमालेले उनलाई कारबाही गरी मेयर पदको उम्मेदवारी रद्द गर्न पनि ती संघसंस्थाले संयुक्त विज्ञप्तिमार्फत माग गरेका छन्।
प्रतिक्रिया