Developed By Kuldeep Sharma

August 31, 2022

गगन थापालाई उम्मेदवार बनाउन कास्की १ मा पर्‍यो निवेदन

काठमाडौं। आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा कास्की १ बाट प्रतिनिधिसभाको चुनाव लड्न नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको नाममा निवेदन परेको छ।

थापालाई कास्की १ बाट प्रत्यक्षतर्फको उम्मेदवार बनाउन कास्की कांग्रेस सचिव भानु ढकालले निवेदन दिएका हुन्। ‘हामीले गगन थापा जस्तो नेतालाई चुनाव लड्न निम्तो दिएका हौं,’ ढकालले भने, ‘आज धैरै ठाउँमा गगनका नाममा आवेदन पर्न सक्छ।’

गगन २०७४ सालको निर्वाचनमा काठमाडौं ४ बाट निर्वाचित भएका हुन्। थापाले काठमाडौं ४ बाटै चुनाव लड्ने तयारी थालेका छन्। उद्दपि उनी कहाँबाट चुनाव लड्ने निश्चित भने भइसकेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma