Developed By Kuldeep Sharma

April 30, 2022

आईपीएलः पञ्जाबमाथि लखनउको जित

काठमाडाैँ।  इन्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत शुक्रबार भएको खेलमा लखनऊ सुपर जायन्ट्सले पञ्जाब किंग्समाथि २० रनको जित हात पारेको छ। शुक्रबारको खेलमा पहिला ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५३ रन बानाएको थियो।

लखनउका लागि क्विन्टन डि ककले सर्वाधिक ४६ रनको पाली खेले। पञ्जाबका लागि कागिसो रबाडाले ४ विकेट लिएका थिए। जवाफी ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित ओभरमा ८ विकेट गुमाएर १३३ रन मात्र बनाउन सक्यो।

पञ्जाबका लागि मयांक अग्रवालले २५ तथा जोनी बेइस्ट्रोले ३२ रन बनाए पनि उनीहरुले टोलीलाई जितसम्म भने पुर्‍याउन सकेनन्। यससँगै लखनउले लिगमा ९ खेलबाट १२ अंक जोडेको छ। पञ्जाबले समान खेलबाट ८ अंक हात पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma