Developed By Kuldeep Sharma

April 12, 2022

‘केजीएफ च्याप्टर २’: आरआरआर भन्दा बढि क्रेज, नेपालमा रच्यो यस्तो इतिहास

काठमाडौं । प्रदर्शनको तयारीमा रहेको दक्षिण भारतीय चलचित्र ‘केजीएफ च्याप्टर २’ तीन दिनको अग्रिम बुकिङ ’हाउसफुल’ भएको छ। यो चलचित्र अप्रिल १४ अर्थात् नेपाली नयाँ वर्षको दिन प्रदर्शन हुँदैछ। अभिनेत एसको मुख्य भूमिका रहेको यो चलचित्रप्रति यसअघि प्रदर्शनमा आएको फिल्म आरआरआर भन्दा बढि क्रेज देखिएको बताइएको छ।

‘केजीएफ च्याप्टर २’ को एक साता अगावै प्रिबुकिङ खुला गरिएको थियो। अब यो चलचित्र पर्दशमा आउनका तीन दिन बाँकी छ। इो फिल्म नेपालका १ सय ५० हलमा प्रदर्शन हुँदै छ। पहिलोपटक नेपाली फिल्म इतिहासमा हलहरुले बिहान ६ बजे नै शो उपलब्ध गराएका छन्। अबेर राति साढे १० बजेको शोका पनि सबै टिकट बिक्री भइसकेका छन्।

भारतको मुम्बई र पुणेका केही हलमा बिहान ६ बजेको शो को टिकट मूल्य १ हजार ४ सय ५० देखि २ हजार भारुसम्म तोकिएको भारतीय सञ्चार माध्यामले जनाएको छन्। यस चलचित्रलाई नेपालमा गोपीकृष्ण मुभिजको सिस्टर कम्पनी अएट फिल्म्स प्रालिले ल्याएको हो। फिल्ममा प्रशान्त नीलको लेखन तथा निर्देशन छ। फिल्ममा अभिनेता एस, बलिउड सुपरस्टार सञ्जय दत्त र अभिनेत्री रवीना टन्डनको मुख्य भूमिका छ।

‘केजीएफः च्याप्टर १’ सन् २०१८ मा रिलिज भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma