काठमाडौं। उदयपुरको वेलका नगरपालिकामा एक व्यक्तिले परिवारका तीन जनाको हत्या गरेका छन्। बेलका-७ मैनामैनीमा एक व्यक्तिले आमा, बुवा र बच्चाको हत्या गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राकेश पोदारले स्थानीय राजकुमार बस्नेत, उनकी श्रीमती र छोराको विभत्स हत्या भएको जानकारी दिए।
उनीहरूको शव खोलामा भेटिएको छ। राजकुमारका दाइ नाता पर्ने व्यक्तिले तीनै जनाको हत्या गरेर फरार भएको प्रहरीले जनाएको छ।
एकै परिवारका तीन जनाको हत्या भए पनि के कसरी हत्या भएको भन्ने बारेमा भने जानकारी आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया