Developed By Kuldeep Sharma

April 30, 2022

टीकापुरमा जरोकिलोको पल्लाभारी: गठबन्धन, एमाले र नागरिक उन्मुक्तिलाई तनाव

काठमाडौ। वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनका लागि देशभर मनोनयन दर्ता भएसंगैं अहिले कैलालीको पुरानो सहर टिकापुरमा पनि  स्थानीय तहमा उम्मेदवारहरूको चर्चा सुरु भएको छ।

कैलालीस्थित मौलिक जरोकिलो पार्टीबाट नगरपालिकाको मेयर पदको उम्मेदवार टीकापुर विरेन्द्र विद्या मन्दिर पूर्व शिक्षक तथा युवा नेता राजु कुमार बिस्ट मेयरको उम्मेदवार बनेका छन्।

नेपालमै जरोकिलो भएका मौलिक दर्शन, सिद्धान्त, वाद, मत, प्रतिमान, प्रणाली आदिको अनुसन्धान, अवलम्बन, विकास एवं प्रवर्धन गरी नेपाललाई वास्तवमै सार्वभौमसत्तासम्पन्न, स्वतन्त्र, स्वाधीन साथसाथै संसारकै अग्रणी राष्ट्र बनाउनका लागि जरो र किलो नेपालमै भएको मौलिक रैथाने शक्ति आवश्यक परेको हुनाले मैले उम्मेदवारी दिएको बिष्टले बताएका छन्। ‘छोरा छोरीको कसम समेत खादैँ भन्छु टीकापुर नगरपालीकालाई सुबिधा सम्पन्न बनाउन हरदम,हरपल लागीरहने छु’। मुलुक प्रेससंग बताए।

केन्द्रिय परिषद सदस्य धिरेन्द्र सोडारीले मुलुक प्रेससंग कुरा गर्दै भने, ‘निर्वाचन आयोग नामावली प्रकाशित भएसगैं मौलिक जरोकिलो पार्टी टीकापुरमा बलियो उपस्थित र रणनीतिका साथ काम गरेकाले पाचँदलीय गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र निलम्बित सांसद रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीका लागि शक्ती संघर्षको समस्यालाई जितेका हामीले चुनावी मेदानमा अन्य दलसमक्ष चुनौतीका रुपमा देखिएका छौं । जरोकिलोको पल्लाभारी पर्न सक्छ।’

नगर उप–प्रमुख हिरादेवी थारु, पाँच वडा अध्यक्ष सहित ११ जना मनोनयन गरेको छ । धेरै जनसङख्या भएको टीकापुर वडा नं. १ मा अन्य कुनै पनी दलले महिला वडा अध्यक्ष नउठाएको अवस्थामा  जरोकिलोले भने महिलाको नेतृत्वमा वडा अध्यक्ष सहित उठाएको छ।

गठबन्धनबाट टीकापुर नगरपालिकाको मेयरको टिकट नवराज रावलले पाएका छन् भने एमालेको तर्फबाट मेयरको टिकट श्याम खत्रीले पाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma