Developed By Kuldeep Sharma

September 4, 2022

उद्योग लुट्ने समूहको आक्रमणबाट बारामा सई गम्भीर घाइते

काठमाडौं। बारामा एक उद्योगमा लुटपाट गर्न आएको हतियाधारी लुटेरा समूह र प्रहरीबीच गोली हानाहान भएको छ।

बाराको जीतपुरसिमरा उपमहानगरपालिका- २३ मा रहेको एरोटेक प्रालिमा लुटपाट गर्न पुगेका हतियारधारी डाँका समूह र प्रहरीबीच गय राति गोली हानाहान भएको हो।

करिब १५/२० जनाको डाँका समूहले शनिबार मध्यरात उद्योगमा लुटपाट गर्न पुगेको समूहले प्रहरीमाथि फायर गरेको प्रहरीले जनाएको छ। डाँका समूह आएको थाहा पाएपछि उद्योगका कर्मचारीले खबर गरेपछि तत्कालै प्रहरी पुगेको थियो।

प्रहरीलाई देखेर डाँका समूहले फाइर गरेका थिए। त्यसपछि प्रहरीले तीन राउण्ड हवाई फायर गरिएको बाराका प्रमुख प्रहरी तथा एसपी होबिन्द्र बोगटीले बताए।

उनले भाग्ने क्रममा दुई जना डाँकालाई प्रहरीले पक्राउ गरेको जानकारी दिए। घटनास्थलबाट बन्दुक, कटुवा पेस्तोल र तीन राउण्ड गोली पनि बरामद भएको उनले जानकारी दिए।

उनका अनुसार डाँका समूहले फलामको रड प्रहार गर्दा वरिष्ठ सई कमलबहादुर शाही घाइते भएका छन्। टाउकोमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि वीरगञ्ज लगिएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma