Developed By Kuldeep Sharma

September 4, 2022

भीम रावल र यज्ञ बोगटीको नाम अछामबाट एकल सिफारिस

काठमाडौं। नेकपा एमाले अछामबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि भीम रावल र यज्ञ बोगटीको एकल नाम सिफारिस गरेको छ।

क्षेत्र नम्बर १ बाट रावल र २ बाट बोगटीको नाम आज सिफारिस गरिएको हो। रावल र बोगटी दुबै जना बहालबाला सांसद हुन्।

आज क्षेत्र नम्बर १ को साफेबर र २ को कमलबजारमा बसेको पार्टी क्षेत्रीय कार्यसमिति बैठकले दुई जनाको एकल नाम सिफारिस गरेको एमाले जिल्ला कार्यसमिति सदस्य पुष्पराज भट्ट र कृष्ण बुढाले जानकारी दिए।

एमालेले प्रदेशसभा सदस्य पदका उम्मेदवारको नाम भने हिजो नै सिफारिस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma