Developed By Kuldeep Sharma

April 12, 2022

भरतपुरको मुख्य निर्वाचन अधिकृतबाट रावल हटाइए, अधिकारी खटाइए

काठमाडौं। चितवनको भरतपुर महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतबाट हेमन्त रावल हटाइएका छन्।

जिल्ला न्यायाधीश रहेका रावललाई हटाइएको निर्वाचन आयोगले जनाएको छ। उनको ठाँउमा अर्र्का न्यायाधीश प्रकाशकुमार अधिकारीलाई प्रमुख निर्वाचन अधिकृत बनाइएको छ। आयोगल सूचना जारी गर्दै रावलको ठाउँमा अधिकारीलाई मुख्य निर्वाचन अधिकृत तोकिएको जनाएको छ। मुख्य निर्वाचन अधिकृत फेरिएको विषयमा भने आयोगले केहि बोलेको छैन।

चैत २८ गते बसेको आयोगको बैठकले भरतपुरको मुख्य निर्वाचन अधिकृत परिवर्तन गर्ने निर्णय गरेको हो। अहिले मुख्य निर्वाचन अधिकृत खटाइएका अधिकारी चितवन जिल्ला अदालतमा चौथो नम्बरका न्यायाधीश हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma