Developed By Kuldeep Sharma

September 5, 2022

चीनको सिचुवान प्रान्तमा ६.६ तीब्रताको भूकम्प

काठमाडौं। दक्षिणपश्चिम चीनमा सोमबार ६.६ म्याग्निच्युडको भूकम्प गएको छ। एएफपी समाचार एजेन्सीले अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) लाई उद्धृत गर्दै भूकम्पको केन्द्रबिन्दु सिचुआन प्रान्तको काङडिङ सहरबाट ४३ किलोमिटर दक्षिणपूर्वमा रहेको बताएको छ।

तर, अहिलेसम्म भूकम्पका कारण कुनै मानवीय क्षति नभएको बताइएको छ । एक स्थानीय बासिन्दाले एएफपीलाई चेङ्दु सहरमा शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताए । यस वर्षको जुनमा दक्षिणपश्चिम चीनमा गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा चार जनाको मृत्यु भएको थियो भने दर्जनौं घाइते भएका थिए।

त्यतिबेला चेङ्दु सहरबाट १०० किलोमिटर पश्चिममा ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma