Developed By Kuldeep Sharma

भदौ २०, २०७९

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणिकरण नगरे अदालत जाने प्रचण्डको चेतावनी

जनकपुरधाम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिलाई एक पटक मात्र विधेयक फिर्ता गर्ने अधिकार रहेको बताएका छन्।

सोमबार यहाँ सञ्चारर्मीहरुसँग कुराकानी गर्दै प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरे अदालत जाने चेतावनी पनि दिए। उनले भने, ‘राष्ट्रपतिले अब पुनः नागरिकता विधेयक फिर्ता गर्न मिल्दैन। उहाँ फिर्ता गर्नुहुन्न भन्ने विश्वास छ। तर प्रमाणिकरण नगरे अदालत जान्छौं।’

अध्यक्ष प्रचण्डले आसन्न निर्वाचनका लागि दुई/तीन दिनभित्र सत्ता गठबन्धनमा सिट बाँडफाँड टुंगो लाग्ने विश्वास व्यक्त गरे।

‘अघिल्लो निर्वाचनमा जुन क्षेत्रमा जुन दलले जितेको थियो, त्यही दललाई दिने सैद्धान्तिक सहमति भएको छ’, उनले भने, ‘थप कति वटा सिट कुन दललाई दिने भन्नेमा टुंगो लगाउन मात्र बाँकी छ। त्यो पनि छिट्टै टुंगो लाग्छ। यसअघि दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपतिले फिर्ता गरिदिएकी थिइन्। पुन: दुबै सदनबाट हुबहु पास भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma