Developed By Kuldeep Sharma

भदौ २१, २०७९

देउवासँग चुनाव लड्न एमालेमा बोहोरा सिफारिस

काठमाडौ। नेकपा एमालेले डडेलधुराबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारका लागि पठानसिंह बोहोराको नाम सिफारिस गरेको छ।

एमाले डडेलधुराले बोहोराको एकल नाम सिफारिस गरेको हो। डडेलधुराबाट नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा चुनाव लड्दै छन्।

यदि एमालेबाट बोहोरोले टिकट पाए दुई नेताबीच प्रतिस्पर्धा हुनेछ। एमालेमा उम्मेदवार सिफारिस भएका प्रदेशसभा सदस्य बोहोरा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री तथा एमालेका डडेलधुरा इन्चार्ज समेत हुन्।

यस्तै एमालेले प्रदशेसभा (क)तर्फ चक्रप्रसाद स्नेही र (ख)तर्फ गजेन्द्रबहादुर शाहीको नाम सिफारिस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma