Developed By Kuldeep Sharma

भदौ २१, २०७९

पल शाहविरुद्ध साढे २ वर्ष कैद सजायको फैसला

काठमाडौं। जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बाल यौन दुरुपयोगको मुद्दामा साढे २ वर्षको कैद सजाय र २५ हजार रुपैयाँ जरिवाना सुनाएको छ।

उनलाई बलात्कारको मुद्दामा भने अदालतले सफाइ दिएको छ।

न्यायाधीस यज्ञप्रसाद आचार्यको इजलासले पीडित बालिकालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिन आदेसा गरेको छ। साथै आदेशमा अभिभावकलाई पनि सचेत गराएको अदालतका सूचना अधिकारी लालबहादुर क्षेत्रीले जानकारी दिए।

गत चैतमा कलाकार शाहमाथि नाबालिग गायिकामाथि बलात्कार गरेको आरोप लागेको थियो। पीडितको बाबुको जाहेरीका आधारमा प्रहरीले मुद्दा अघि बढाएको थियो।

सुटिङका क्रममा कलाकार शाहले २०७७ चैत ७ मा गैडाकोट रिसोर्टमा बालिकालाई जबर्जस्ती गरेको जाहेरीमा उल्लेख छ।
पछि पीडित गायिकाले अभिव्यक्ति बदल्दै आफूमाथि बलात्कार नभएको भनी जिल्ला अदालतमा बयान गरेकी थिइन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma