Developed By Kuldeep Sharma

भदौ २२, २०७९

अपूर्व क्षितिज थप ५ दिन हिरासत बस्ने

काठमाडौं। कमेडियन अपूर्व क्षितिज सिंहलाई थप ५ दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको छ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

अनुसन्धान नसकिएको भन्दै प्रहरीले अपूर्वलाई थप १० दिन हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालयसँग अनुमति मागेकोमा प्रशासनले ५ दिन अनुमति दिएको हो।

कमेडी क्याफे नामक युट्युब च्यानलबाट अपलोड गरिएको ‘नेवारको परम्परा’ शीर्षकमा नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य सामग्री प्रसारण गरेको आरोपमा उनी गत १२ गते पक्राउ परेका थिए।

उनको सामग्रीमा सामाजिक अभियन्ताहरुले आपत्ति जनाएका थिए। प्रहरीले उनलाई सुरुमा १० दिन हिरासतमा राख्ने अनुमति लिएको थियो। अपूर्व भने अहिले वीर अस्पताल भर्ना भएका छन्।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई मंगलबार साँझ वीर अस्पतालमा भर्ना गरिएको छ। प्रहरीले उनी उनीविरुद्ध ४ वटा मुद्दा अगाडि बढाएको छ।

सुरुमा उनलाई नेवा समुदायको भाषा, खाना, संस्कृतिमाथि व्यंग्य गरेको आरोप लागेको थियो। यो विषयमा उनले आफ्नो फेसबुकमार्फत माफी समेत मागिसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma