काठमाडौं। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत ६० जना कर्मचारीले राजीनामा दिएका छन्।
प्रतिष्ठानमा काम गर्न शान्ति सुरक्षा नभएको भन्दै उनीहरुले उपकुलपति समक्ष राजीनामा बुझाएका हुन्।
उनीहरुले राजीनामा पत्रमा लेखेका छन्, ‘विषम परिस्थिति र शान्ति सुरक्षाको प्रत्याभूति नभएको पुष्ठभूमिमा हामी सेवा दिन असमर्थन छौं।’
केही दिनअघि प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत डा. करण शाहमाथि केही व्यक्तिले दुर्व्यवहार गरेका थिए। उक्त घटनामा संलग्नलाई कारबाही गर्न माग गर्दै कर्मचारीहरूले गरेको आन्दोलनलाई स्थानीय केही व्यक्तिले मुठभेडमा लैजान खोजेको आरोप कर्मचारीहरूले लगाएका छन्।
प्रतिक्रिया