Developed By Kuldeep Sharma

September 8, 2022

लुटेको रकम खाल्डो गाड्ने २ जना पक्राउ

जनकपुरधाम। धनुषामा एक व्यक्तिको लुटेको रकम खाल्डो खनेर गाडेको अवस्थामाम भेटिएको छ।

प्रहरीले लक्ष्मिनियाँ गाउँपालिका-६ का २० बर्षीय भरोसी भनिने नरेश यादव र २३ बर्षीय सरोज दासलाई पक्राउ गरेपछि लुटपाटको रकम खाल्डोमा लुकाएको खुलेको हो।

लक्ष्मीनियाँ गाउँपालिका-४ बस्ने ७५ बर्षीय राम दासले सपहीस्थित मेगा बैंकबाट ७५ हजार झिकेर घरतर्फ जाने क्रममा यी दुबैले बुधबार लुटेका प्रहरीको भनाइ छ।

रकम लुटिएको जानकारी पाएपछि खटिएको प्रहरी टोलीले खोजी गर्ने क्रममा सरोज दासलाई बुधबार साँझ नै पक्राउ गरेको थियो।

अनुसन्धानका क्रममा सरोज दास र नरेश यादवले नै योजना बनाएर रकम लुटेको देखिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी बसन्त रजौरेले जानकारी दिए।

उनका अनुसार यादव बैंकमा प्रवेश गरी रकम निकाल्ने व्यक्तिको चियो गरी बसेका थिए। राम दासले रकम निकालेर बाहिर आएपछि नरेश यादव र सरोज यादवले ज.१२प ८५९३ नम्बरको मोटरसाइकल चढेर पिछा गरेका थिए।

एकान्त ठाउँमा पुगेर उनीहरुले रकम लुटेका एसपी रजौरेले बताए। लुटिएको ८५ हजार रुपैयाँमध्ये नरेशको घर अगाडिको छाप्रोमा खाल्डो खनेर गाडिएको अवस्थामा ७५ हजार फेला परेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma