काठमाडौं। निहारिका राजपुतबाट जन्म भएका बालकको सम्बन्धमा डीएनए टेष्ट गर्न आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन्।
बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार धरौटीमा रिहा भएलगत्तै बिहीबार उनी उच्च अदालत पुगेका हुन्।
यसअघि उच्च अदालत जनकपुरले निहारिका राजपुतको माग बमोजिम नै उनीबाट जन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए टेष्टको माग गरेकी थिइन्।
निहारिकाको माग बमोजिम अदालतले दुबैको डीएनए टेष्ट गराउने आदेश दिएको थियो। निहारिकाले आफूमाथि श्रेष्ठले जबरजस्ती करणी गरी बालकको जन्म भएको माग गर्दै आएकी छिन् भने आरोपित श्रेष्ठले आफूहरूबीच माया-प्रेम रहेको र सोही समयमा सहमतिमै यौनसम्बन्ध भएको बताएका छन्।
धनुषा जिल्ला अदालतले पनि जबरजस्ती करणीको कसुरमा शिवराजलाई सफाई दिँदै नाता कायमका लागि अर्कै मुद्दा लिएर आउन भनेको थियो। निहारिकाले भने आफूमाथि बलात्कार नै भएको भन्दै आरोपितलाई हदैसम्मको कारबाही हुनुपर्ने माग गरेकी छिन्।
जिल्ला अदालतले आफूलाई हराइदिएपछि निहारिकाले न्यायालय र न्यायाधीशमाथि पनि विभिन्न आरोप लगाएकी थिइन्। उनी पटक-पटक काठमाडौंमा अनसनमासमेत बसेकी थिइन्।
निहारिकाको बच्चा र आरोपि शिवराजको डीएनए टेस्ट गर्न अदालतको आदेश
निहारिका र मनोज साहको हत्या मुद्दामा आरोपीलाई सफाइ दिने एउटै न्यायाधीश
राष्ट्रपति भवन अगाडि निहारिकाद्वारा आत्मदाहको प्रयास
डीएनए परीक्षणका लागि एउटी आमा जल्न तयार हुनुपर्ने हो?
प्रतिक्रिया