Developed By Kuldeep Sharma

September 8, 2022

सेना र प्रहरीसहित १० सरकारी कार्यालयलाई कर तिर्न ताकेता

काठमाडौं। काठमाडौं महानगरपालिकाले सुरक्षा निकायसहितका १० वटा सरकारी निकायलाई कर बुझाउन ताकेता गर्दै पत्र काटेको छन्।

मेयर बालेन शाहको आदेशमा महानगरपालिकाको राजश्व विभागका प्रमुख शिवराज अधिकारीको हस्ताक्षरित पत्रमा १० दिनभित्र बहाल कर तिर्न ताकेता गरिएको हो।

महानगरपालिकाको सम्बन्धित वडा कार्यालयबाट बहाल कर बुझाउन पटक पटक ताकेता हुँदै आएकामा हालसम्म पनि कर नबुझाएकाले पत्र प्राप्त भएको १० दिनभित्र वडा कार्यालयमा गइ कर र जरिवाना तिर्न पत्रमार्फत ताकेता गरिएको छ।

पत्र काटिएका कार्यालयहरूमा नेपाली सेना केन्द्रीय कार्यालय, नेपाल प्रहरी केन्द्रीय कार्यालयसहित १० सरकारी कार्यालय छन्।

पत्र काटिएका कार्यालयमा शंकरदेव क्याम्पस, आर आर क्याम्पस, नेपाल ल क्याम्पस, वीर अस्पताल, दशरथ रंगशाला, सरस्वती बहुमुखी क्याम्पस, नेपाल कमर्स क्याम्पस र समाज कल्याण परिषद् रहेका छन्।

तोकिएको समयमा कर नतिरेमा महानगरपालिकाको राजश्व ऐन, २०७५ बमोजिम कारबाही गरी सरकारी बाँकी सरह बाँकी कर असुलउपर गर्ने प्रक्रिया अघि बढाइने चेतावनी पनि महानगरले दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma