Developed By Kuldeep Sharma

September 8, 2022

विना मगर प्रतिनिधिसभामा, स्वकीय सचिव प्रदेशमा सिफारिस

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी बुहारी विना मगरको नाम कञ्चनपुर १ बाट प्रतिनिधिसभाका लागि सिफारिस भएको छ।

बहालवाला सांसद समेत रहेकी मगरको नाम बिहिवार एकल सिफारिस भएको हो। ०७४ को आम निर्वाचनमा उनि वाम गठबन्धनबाट उम्मेदवार भएर उनी निर्वाजित भएकी थिईन।

उनका प्रतिस्पर्धी कांग्रेस नेता दिवान विष्ट पनि कांग्रेसबाट एकल सिफारिस भएका छन्। विष्टले मगरलाई ०७० को निर्वाचनमा भने पराजित गरेका थिए।

यस क्षेत्रमा गठबन्धन नगर्ने कांग्रेसले घोषणा गरिसकेको छ। विष्टले चुनावी तयारी सुरु गरिसकेका छन्। यस्तै मगरको क्षेत्रबाट उनका स्वकीय सचिव समेत प्रदेशसभाका लागि सिफारिस भएका छन्।

निर्वाचन क्षेत्र नं. १ क बाट उनका स्वकीय सचिव दिपक तिमिल्सिनासहित कञ्चन गिरी, दीपक बिसी(आर्दश), भक्ता राना र लोकेन्द्र लम्साल प्रत्यक्षमा सिफारिस भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

TOP

Developed By Kuldeep Sharma